
बर्दिवास- स्व. शिक्षक युवराज श्रेष्ठ स्मृति कपको उपाधी फ्लोरेन्स एकेडेमीले हात पारेको छ ।
विहिवार सम्पन्न स्मृती कपमा विभिन्न खेलहरुमा उत्कृष्टता हासिल गर्दै उक्त एकेडेमीले उपाधी हात पारेको हो ।
सर्पको टोकाईवाट ज्यान गुमाएका श्रेष्ठको दोश्रो बार्षिकोत्सव अवसर पारेर राष्ट्रिय तथा निजि आवासिय विद्यालय एसोसिएसन नेपाल बर्दिवासले आयोजना गरेको उक्त प्रतियोगितामा १३ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।
यसैक्रममा १ देखि ३ कक्षासम्मका विद्यार्थीहरुलाई जुनियर र ४ देखी ८ कक्षासम्मका विद्यार्थीहरुलाई सिनियर गरि दुई भागमा विभाजन गरेर उमेरअनुसार निर्धारण गरिएको थियो ।
फुटवल, एथलेटिक्स जस्ता खेलहरुमा सहभागी भएका विद्यार्थीहरुले सिनियर उपाधी फ्लोरेन्स एकेडेमीलाई दिलाएका छन् ।
सिनियर रनिङ्ग शिल्डको हक फ्लोरेन्स एकेडेमीले जमाईरहदा दोस्रो र तेस्रो उपाधी भने क्रमशः माउन्ट एभरेस्ट बुद्धसीता र नोबेल एकेडेमीले हात पारेका छन ।
जुनियर रनिङ्ग शिल्डमा भने सप्तकविन्द्र ईङलिस स्कुल र फ्लोरेन्सले सयुक्त जित हासिल गरेका छन । त्यसैगरी दोस्रो र तेस्रो क्रमश: नोवल एकेडेमी र कमलामाई बोर्डिङ्ग स्कुलले हात पारेका छन् ।
१३ वटा विद्यालय सहभागी भएका उक्त कपमा छात्राहरुलाई छुट्टै प्रतिस्पर्धा गराईएको थियो । छात्रातर्फ पनि फोलोरेन्स एकेडेमीले उत्कृष्टता देखाएको थियो भने दोस्रो र तेस्रो भने नोवेल एकेडेमी र स्वर्णिम पाठशालाले सुनिश्चित गरेका छन् ।