
महोत्तरी- बर्दिवास -३, पाटुका रामवावु कार्की विहानै उठेर आमावुवालाई ब्युझाउदा बाहिर सिरसिर बतास चलीरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो ।
आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो वजाउदै समाचार सुनिरहेको अझै ताजा छ ।
संक्रमणकालिन उक्त समयमा दुर्गा कुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु मरिरहेको सुनिन । समाचार सकिसकेपछी रामवावु नजिकै आएर भने – ''आमा म ठूलो दाजुलाई भेटन लमजुङ जान्छु ।''

रामबाबू केहीदिन अगाडिमात्र काठमाण्डौबाट क्याम्पस विदाको मौका पारेर घर आएका थिए । त्यतिवेला गाउँमा युवाहरु कोहीपनी थिएनन । भएका युवाहरु कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी वनाउन जंगल लगेको थियो । थोरै युवाहरुले मात्र आर्मी, प्रहरीमा जागीर खाएका थिए । त्यैपनी रामवावुले जेठो दाजुलाई भेटन बेसिशहर जाने नै जिद्दी गर्न थाले ।
यति टाढा उक्त भयावह अवस्थामा २२ बर्षिय कान्छो छोरा रामवावुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन तर छोराको जिद्दीको अगाडि दुर्गा कुमारीको केही लागेन ।
आकाश अन्धकार भएर पानी झर्न मात्र वाकी थियो प्रतिकुल वातावरणका वावजुत पनि दाजु गोबिन्द कार्कीलाई भेटन आमा, वुवासगँ विदाई भएर छुटेका छोरा एकाएक हराए । भाई भेटन आएको समाचार थाहा पाएपछी प्रतिक्षामा रहेका न दाजुले भाईलाई भेटन पाए न त घर फर्किएर नै गए ।
लमजुङको बेसिसहर दाजुलाई भेटन गएका भाइ रामवावु २२ बर्षदेखी घर फर्किएका छैनन । उनी कहाँ छन ?, कसरी हराए ?, मरेका होलान कि वाचेका होलान ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ ।

अझ ८४ बर्षिय आमा छोरा घर आउने आशा बोकेर वाचिरहेकी छन । ''बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला ।'' गहभरी आँसु वनाउदै दुर्गा कुमारीले भनिन । ''मरेको प्रमाणित भए वरु क्रिया गर्थे ।''
रामवावुका दुई दाजुहरु छन । माईलो दाजु मोहन कार्केर नेपाल आर्मीवाट रिटायर्ड भएका हुन भने जेठा दाजु गोबिन्द कार्की बिधुत प्राधिकरणवाट रिटायर्ड हुन ।
दाजुहरुको जागीर कै कारणले रामवावुलाई पढाईलेखाईमा त्यति समस्या पनि थिएन । काठमाण्डौको एक क्याम्पसमा डिप्लोमा अध्यन गर्दै गरेका रामवावुको बिषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन ।
दुर्गा कुमारीले वेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरुलाई हारगुहार पनि नगरेकी हैनन तर काहींकत्तैवाट सुनुवाई नभएपछी छोरा फर्कने आशा आजकाल उन्को झिनो बन्दै गएको छ ।
''आजकाल मोबाइलमा मान्छेहरु धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आए ।'' दुर्गा कुमारीले भनिन । ''अब अन्तिम आशा तपाईहरु नै हो ।''
कतिपयले आफ्न्तहरुले रामवावुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउछन तर दुर्गा कुमारीलाई अहिलेपनी छोरा कतै ज्युउदै छ भन्ने लाग्छ ।
रामवावुका वुवा डम्बर बहादुर कार्कीलाई पनि श्रीमतिले भनेजस्तै छोरा ज्युउदै नै छन भन्ने लाग्छ । ''कमसेकम यो समाचार हेरिसकेपछी कान्छो हामिलाई सम्झेर आओस ।'' उन्ले भने ।
लमजुङ्गमा अझ सरकारी र बिद्रोही पक्षको वेला-वेलामा झडप भैइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यतिवेला कयौ मानिसहरु मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त सक्रमणकालिन अवस्थामा लमजुङ्ग जादा दोहोरो भिडन्तको क्रममा कतै मर्यो कि भन्ने पनि आशंका गर्छन ।
परिवारलाई भने पत्यार नै लाग्दैन । ''मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ ।'' दुर्गा कुमारीले भनिन । ''अब भरोसा वावुहरुको नै छ, समाचार हेरेर भएपनी छोरा घर फर्कनेछ ।''
दुर्गा कुमारी आजकाल पहिलाजसरी हिडडुल पनि गर्न सक्दिनन । लौरोको सहाराले यताउता हिडने उनीलाई मात्र हैन उन्को श्रीमान डम्बर बहादुरलाई पनि लौरोको सहारा चाहिन्छ ।
जेठा छोरा र माईलो छोरा भिन्नै घर बनाएर बसेका छन । यतिको उमेरमा पनि दुर्गा कुमारी आफै खाना पकाउछिन । ''छोराको फर्कने आशाले कहिलेकाही उर्जा पनि मिल्छ ।'' उनी भन्छिन ।
सरकारले पनि छोराको खोजी गरिदिओस भन्ने दुर्गा कुमारीको अपेक्षा छ । ''कि सास, कि लासको एकिन गर्दिनुपर्यो नी ।'' उन्ले भनिन ।
भाइ हराएपछी दाजु गोबिन्दले पनि धेरै खोजी नगरेका हैनन । संक्रमणकालीन अवस्थामा उन्ले माओवादी कमाण्डरहरुसगँ सम्पर्क गरेर भाईको एकिन गरेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाईको बिषयमा कसैले एकिन बिस्वास दिलाउन सकेनन ।
वेपत्ता छोराको फर्किने आशामा नै दुर्गा कुमारीले अंशबण्डा पनि गरेकी छैनन । ''जेठो र माईलाले अव भाग लगाउनुपर्छ भन्छन तर मा मानेकी छैन ।'' उनले भनिन । ''कमसेक एकिन त हुनुपर्र्यो नी मरेको र वाचेको ।'
संक्रमणकालीन अवास्थामा वेपत्ता भएकाहरुको छानविन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ तर उक्त समयमा वेपत्ता भएकाहरुको नाम समेत सुचिकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामवावु जस्ता वेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता भएको वेपत्ता पारिएका छानविन आयोगले जनाएको छ ।
आयोगमा दर्ता भएका ३२८८ उजुरी मध्ये ४१४ उजुरीहरु सत्य निरुपण तथा मेलगमलाप आयोगको क्षेत्राधिकार पर्नेगरी पठाईएकोमा १३७ उजुरीहरु फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लागताकट्टा गरिएको२९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगवाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएका मध्ये ८ उजुरीहरुको कारवाही प्रक्रिया अगाडी बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वाजनिक गरिएको विवरणमा जनाएको छ ।
मधेश प्रदेशको पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनआएको छ । जसमध्ये बिस्तृत छानविनको लागी १५३, पाराम्भिक छानविनको लागी ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लागत कट्टा गरिएको ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भईसकेको छ ।
तर सुचनाको पँहुच तथा सरोकारवालाहरुको वेवास्ताले न रामवावु जस्ता वेपत्ता व्यक्तिहरुको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गा कुमारी लगायत सम्पूर्ण परिवारको वेपत्ता रामवावुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् । - न्युज कारखाना