
महोत्तरी - औरही नगरपालिका वा.न. २ चेपकटका सदस्यहरूलाई केन्द्रित गरी स्थानीय जनहबी आधारभूत विद्यालयमा भएको सो तालिममा ५० जना भन्दा बढी सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
बिहान ११ बजेदेखि ३ बजेसम्म भएको तालिममा सहकारीको परिभाषा, मूल्य, मान्यता ,सिद्धान्त ,बचत ,ऋण ,वित्तीय साक्षरता, सहकारी र बैंक बीच फरक तथा संस्थाको बारेमा सदस्यहरुलाई सचिव रामनारायण शाह ,व्यवस्थापक दिनेश कुमार यादव र रामबली मण्डल ले प्रशिक्षण दिनुभयो साथै केही सदस्यहरुले संस्थासँग गरेको कारोबारको अनुभव तथा आफ्नो जीवनको
अनुभव आदान प्रदान गर्नुभयो।औरही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादवले उद्घाटन गर्नुभएको सो तालिममा संस्थाकी अध्यक्ष गणिता यादव, लेखा समिति सदस्य रिना कुमारी यादव, कोषाध्यक्ष रुवि कुमारी झा ,वडा नम्बर २ का वडा सदस्य संजय यादव लगायतका उपस्थिति रहेको थियो।



