
जनकपुरधाम - हृदयघातको उपचार अब जनकपुरधाममै सम्भव हुने भएको छ । हृदयघातको तत्कालै उपचार हुने क्याथल्याब सेवा अब प्रादेशिक अस्पताल जनकपुरमै सुरु भएको छ ।शनिबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले क्याथल्याबको उदघाटन गरेका हुन् ।
केही महिना अघि नै जडान भएको क्याथल्याव सेवा संचालनमा आएको प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले बताए ।उनका अनुसार अब हृदयघात हुँदा उपचारका लागि अब तत्कालै जनकपुरबाहिर लग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । हृदयघात भएको वा नभएको पत्ता लगाउनुको साथै तत्कालै उपचार गर्न सकिने छ ।
प्रादेशिक अस्पताल जनकपुरमा हृदय रोग विशेषज्ञ डा. निश्चल साहको टिमले उपचार गर्ने निर्देशक पण्डितले बताए । क्याथ ल्याव सेवा ४ करोड लगानीमा संचालनमा ल्याइएको छ ।