
महोत्तरी(औरही)- औरही नगरपालिकामा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । फाल्गुन ४ गते शुक्रवारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता ६ गते आईतवार सम्पन्न भएको हो । औरही नगरपालिकाको शिक्षा शाखाको आयोजना गरिएको नगर स्तरीय खेल आज अन्तिम दिन फाइलन खेलमा श्री सोन्फी दशैँ माबि श्रीपुरले प्रथम स्थान हासिल गरेको छ।

श्री सोन्फी दशैँ माबि श्रीपुरलेले १२ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २५ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो । खेलमा राम विलास यादव जनता माबि भोईल टिम्किया १० स्वर्ण ६ रजत र ४ कास्य गरी कुल २० पदक प्राप्त गरी दोस्रो र द सनराईज इंग्लिश बोर्डिङ स्कुल औरही ३ स्वर्ण ६ रजत र २ कास्य गरी कुल ११ पदक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको हो । चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमी औरही २ स्वर्ण ५ रजत र ७ कास्य गरी कुल १४ पदक प्राप्त गरी चौथो स्थान हासिल गरेको हो । श्री प्रसाद सिंह मावि औरही २ स्वर्ण ४ रजत र ६ कास्य गरी कुल १२ पदक प्राप्त गरी पाँचौ स्थान हासिल गरेको हो।

श्री माबि बैरिया १ स्वर्ण ० रजत र ७ कास्य गरी कुल ८ पदक प्राप्त गरी छैठौ स्थान हासिल गरेको हो । औरही नगरपालिकाका भित्रका ४ ओटा सामुदायिक माबि बिधालय र २ ओटा निजि बोर्डिंग बिधालय गरी जम्मा ६ वटा बिधालयले सहभागी जनाएका थियो । प्रतियोगितामा विभिन्न किसिमका खेलकुदहरु भलिबल, हाईजम्प, त्रिपलजम्म, लंगजम्म, सटपुट थ्रो, दौड, ज्याभलिङ्ग थ्रो, कपर्दी, रिले रेस खेलहरु खेलाएको थियो ।प्रतियोगिता उद्घाटन औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले सट फुट फ्याकेर फाल्गुन ४ गते औरही नगरपालिका ३ स्थित रहेको श्री सोन्फी दशैँ मावि बिधालयको खेल मैदानमा प्रतियोगिता उद्घाटन गर्नु भएकाे थियो।

“स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद" मुल नाराका साथ अगाडि बढेका औरही नगरपालिका अगामी दिनमा बिधालयहरुमा प्रयाप्त खेलकुद सामाग्री उपल्बध गराइ दक्ष खेलाडी बनाइनेछ, अगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सन्चालन गरिने नगर प्रमुख खड्काले जनाउनुभयाे।

प्रतियोगितामा सहभागी खेलाडीहरुलाई कप, मेडल र प्रमाण पत्र औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्का र नगर उपप्रमुख रेणु झा द्वारा बितरण गरिएको छ। कार्यक्रममा सहयोग पुर्याउने औरही नगरपालिकाको शाखाका प्रमुख धन बहादुर राई, सुरक्षाकर्मी, खेल प्रशिक्षक पुर्व रा.खे पा सदस्य मधेस प्रदेश भलिबल संघका अध्यक्ष भलिबल प्रशिक्षक रबि यादवले खेल सभ्य र भव्यका साथ खेल खेलाउनु भएको हो।

आईतवार पुरस्कार वितरण गर्दै नगरप्रमुख प्रदिप कुमार खड्काले विजेता छात्र-छात्राहरूलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गर्नुभयो । उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले बिधालयलाई खेलकुद मैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।

नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा बिधालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो,तृतीय,चौथो,पाचौ र छैठौ छनोट गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख धन बहादुर राईले जानकारी दिनुभयो ।




