
महाेत्तरी(औरही) - महाेत्तरीकाे सम्सी गाउँपालिका-२ पर्सामा देर्वाडमा शनिबार महावीर झण्डाको कलश यात्रामा दुई समुदायबीच झडप भएको थियो । आज सम्सी गाउँपालिककाे सहभाहलमा आपसी मेलमिलाप र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय बैठक सम्पन्न भएको छ।
सामाजिक सदभाव, धार्मिक सहिष्णुता र आपसी समझदारी सबैकाे सम्मान हुनेगरी सबै धर्मलाई संरक्षण गर्नुपर्ने प्रतिबद्धता सहित बैठक सम्पन्न भएको पालिका प्रमुख रामनाथ यादवले बताए । पालिका प्रमुख यादवकाे अध्यक्षतामा बसेकाे सर्वदलीय बैठकमा पालिकाका सबै वडा अध्यक्षहरु विभिन्न पार्टीको नेता तथा प्रतिनिधिहरु दुवै समुदायका अगुवाहरु समेत बैठकमा एक्यबद्धता जनाएको वडा अध्यक्ष राकेश कुमार यादवले जानकारी दिए ।
यस्तो थियो घटना महाेत्तरीकाे सम्सी गाउँपालिका-२ पर्सामा देर्वाडमा शनिवार महावीर झण्डाको कलश यात्रामा दुई समुदायबीच झडप भएको थियो । झडपका क्रममा ३ जना सामान्य घाइते हुनुभएकोमा अस्मिता खातुन,गुलशान खातुन,र इजराईल नदाफ रहेको थियोे । सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको थियो ।
झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको थियो भन्ने हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी रहेको थियो ।यता कलश यात्राकाे क्रममा आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका थिए। घटनालाई नियन्त्रणमा लिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो ।




