
महोत्तरी- मेयर संग बालवालिका संवाद कार्यक्रम सोमवार महोत्तरीको एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।
वल्र्ड भिजनको सहयोगमा दलित समाज उत्थान समिति नेपाल(डीएसडब्लुसिएन), महोत्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा एकडारा गाउँपालिका भित्रका बालबालिकाले गाउँपालिका अध्यक्ष दिपनारायण मण्डल संग बालबालिकाका समस्याका बारेमा खुलेर प्रश्न राखेका थिए ।
सहभागि वालवालिकालाई गाउँपालिका अध्यक्ष मण्डलले उत्तर दिदै बालअधिकार अधिकार प्राप्तिमा अब कुनै समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बालबालिकाले बाल मैत्री गाउँ/नगर निर्माणमा पालिकाको धारणा, बालबालिका र सुरक्षाको अवस्थामा नगरको दृष्टिकोण, सामुदायिक विद्यालयमा भएका समस्या, बाल ऐन र पुस्तकको ब्यबस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
बालबालिकाकाहरुले आफ्नो सर्वाङ्गिण विकासको लागि बाल सहभागीता, बाल विकास, बाल संरक्षण र बाल बचाउका क्षेत्रहरुमा भएको समस्याहरु सहित गाउँपालिकाले बालबालिकाहरुको लागि गर्नु पर्ने कामहरु बारे समेत सुझाव दिएका थिए ।
उक्त सुझाव र प्रश्नहरुलाई समेट्दै गाउँपालिका अध्यक्ष मण्डलले समृद्ध एकडारा गाउँपालिका निर्माण गर्न बालबालिका माथि लगानी सुनिश्चित गरि बालबालिकाहरु प्रति संवेदनशील भएको बताए।

अध्यक्ष मण्डलले बालबालीकाको विषयमा नगरपालिकाले नीति कार्यक्रम तर्जु गरि अबको कार्यक्रम सामाजिक विकास तर्फको कामहरु उच्च प्राथमिकता दिएर बालबालिकाहरुले दिएका सुझाव सल्लाहलाई ग्रहण गरि बालबालिकाहरुको समस्या समाधान गर्न पालिका सदैव तयार रहेको स्पष्ट पारे ।साथै उनले बालमैत्री स्थानीय शासन गाउँपालिका बनाउँन लागि पर्ने पनि विश्वास व्यक्त गरे।

बालबालिका सम्बन्धि कार्ययोजना तयार गर्ने काम भईरहेको र आजको छलफल बाट प्राप्त भएको सुझाव सल्लाहहरुलाई समेटेर बालबालिका सम्बन्धि कार्ययोजना तयारी पारि बालअधिकार सुनिश्चित गाउँपालिका बनाउँन भविष्यका कणर्धार, वर्तमानका साझेदार बालबालिकाहरुलाई केन्द्रमा राखेर पालिकाले नीति कार्यक्रमहरु तय गर्ने विचार व्यक्त गाउँपालिका अध्यक्ष मण्डलले व्यक्त गरे ।

नगर भित्रका विभिन्न बाल क्लवका बालबालिकाहरुको सहभागीता रहेको थियो ।

बालबालिकाहरुले बिद्यालय कक्षा कोठाको समस्या, अव्यबस्थित बसाई, खानेपानी तथा वालमैत्री संरचना लगायतका बिषयमा अध्यक्ष मण्डल संग प्रश्न सोधेका थिए ।

डीएसडब्लुसिएनका अधिकृत प्रेम बुढाथोकीले संचालन गरेको उक्त कार्यक्रममा वल्र्ड भिजनका अनुप राना, दिलिप यादव, सामाजिक परिचालक रामउदिस राम लगायतको उपस्थिती रहेको थियो ।




