राधेश्याम कुशवाहा, सर्लाही
सर्लाहीको बागमती नगरपालिका बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यक्रम मार्फत बागमती नगरपालिकाले ७ वटा प्रदेशमा मात्र होईन, संघिय सरकारलाई पनि एउटा बलियो सन्देश दिएको मैले अनुभूति गरेको बताएका छन्।
उनले सामुदायिक विद्यालयका हजारौं विद्यार्थीका सामुहिक प्रस्तुतिकरण तथा शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी भाईबहिनीहरु यो कार्यक्रमलाई भव्य रुपले सफल पार्न आआफनो ठाउँबाट योगदान गर्ने विद्यालय परिवार, शिक्षक तथा कर्मचारीहरु एउटा नयाँ सन्देश दिने उदेश्यका साथ यो कार्यक्रममा एउटा नयाँ उर्जा र देशभरी एउटा नयाँ सन्देश दिन अगाडी बढनुभएका सबै अभिभावक जनसमुदायलाई पनि बधाई दिए ।



यो सृजनात्मक कार्यक्रमको परिकल्पनाकार यसलाई सफल पार्न अहोरात्र खटिने सबै अभियन्ताहरु सबैलाई, मुख्यत यसको आयोजक बागमती नगरपालिकालाई बिशेष धन्यावाद दिन चाहेको उनले बताए ।
यो कार्यक्रमलाई बडो मौलिक, अत्यन्त सृजनात्मक र सन्देशमूलक बनाउन विद्यार्थी भाईबहिनीहरुले जुन शैक्षिक र सांस्कृतिक प्रस्तुति गर्नुभयो । सबै विद्यार्थी भाईबहिनीलाई पनि संघिय सरकारको तर्पmबाट विशेष धन्यावाद ज्ञापन गर्न चाहेको छु, प्रम प्रचण्ड भने । तपाईको यो कार्यक्रमले संघिय सरकार सहित देशभरिका स्थानिय तहहरु तथा सबै प्रदेश सरकारलाई एउटा बलियो सन्देश दिएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्र कस्तो हुनुपर्दछ । विविधतामा एकता हाम्रो राष्टिय विशेषता हो ।
तपाईहरुले सातै प्रदेशका सांस्कृतिक प्रस्तुति मार्फत र अन्तिममा फेरी तपाईहरुले सबैलाई एकतामा उन्ने काम उदेश्यका साथै राष्टियता प्रबर्दन गर्ने जुन प्रस्तुति दिनुभयो । यो धेरै नै उच्च प्रकतिको छ, र यसले हामी बस्दै गर्दा पनि साथीहरुले भनी राख्नुभएको छ, कि यो कार्यक्रम त हामीले गणतन्त्र दिवसको दिन काठमाडौंको टुडिखेलमा फोटोकोपी गरेपनि हुने भो भने कुरा आएको छ । यस अर्थमा पनि तपाईहरुको यो कार्यक्रमको महत्व निकै नै ठुलो रहेको प्रमले जिकिर समेत गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बागमती नगरपालिकाका मेयर भरत थापाले हाम्रा नगरका बालबालिकाहरुलाई विश्व बजारमा बिक्ने गरी श्रम सिपमा आधारित असल नागरिक निर्माण गर्ने दिशमा हामी अघि बढेको बताए ।
नगरले शिक्षा क्षेत्रमा ठुलो चुनौती र कठिनाईको वावजुद पनि सम्भावना चुम्दै समुदायलाई सामुदायिक विद्यालयमा जोडने कार्य गरेको बताउदै हामीले गुणस्तरिय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलपा मार्फत संस्कार, संस्कृतिको जगेर्ना र संरक्षण गर्न लागि परेको उहाँको भनाई छ ।
बागमती नगरपालिकाको आयोजनामा वार्ड–११, स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा आयोजना हुन लागेको महोत्सवको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्न नेपाली सेनाका हेलिकोप्टरबाट कार्यक्रम स्थलमा आइपुगेका थिए । उहाँले बागमती नगरपालिकाको शिक्षा मोडेल पुस्तकलाई समेत विमोचन गरे ।
कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथिले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गरेका थिए, भने संचालन हरि खडकाले गरेका थिए ।
भिडका कारण कार्यक्रमको देख्न र आनन्द लिन कठिनाई भएका दर्शकहरुका लागि मैदानको पूर्व दिशाको बाहिरी पटी ठुलो एलडी सहित विभिन्न समाजिक संजाल मार्फत कार्यक्रमको लाईभ प्रसारण गरिएको थियो ।
कार्यक्रममा हजारौं संख्यामा अभिभावक, सर्वसाधरण तथा भद्रभलादमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्थलमा शन्ति सुरक्षा कायम राख्न नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा टाफिक प्रहरी सहित भारी संख्यामा कडा सुरक्षा सहित सुरक्षाकर्मीको परिचान गरिएको थियो ।
कार्यक्रममा रौतहट, सर्लाही र महोतरीका ३ वटै सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहरी विकास मन्त्री सीता गुरुङ, पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पुर्व सविधान सभा सदस्य शिवपुजन राय, नरेन्द्र साह, प्रदेश सांसद फकिरा महतो, जवाहर कुशवाहा, लालबन्दीका मेयर मान बहादुर खडका, हरिवनका मेयर कमल बुढाथोकी, गोडैताका मेयर देवेन्द्र कुमार यादव, बलराका मेयर रामाशंकर कुशवाहा, रामनगरका मेयर राजाबाबु यादव, बागमतीका उपप्रमुख लिला कुमारी मोक्तान, सहिद परिवार, संचारकर्मी लगायत अभिभावक, शिक्षक, विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।




