चुरे दोहनले भुमिगत पानीमा समस्या वन्दै गएको भन्दै अभियन्ताहरुले चुरे काक्षमा स्थलगत अन्तर्कृया गरेका छन ।
अनियन्त्रित दोहनले चुरेको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मानिसहरुले पानीको चरम समस्या भोगीरहेको र निकट दिनमा थप समस्यावाट प्रताडित वन्नुपर्ने बिषयलाई ध्यानाकर्षण गराउने उदेश्यले चुरेमा अभियन्ताहरुले कार्यक्रम गरेका हुन ।



विहिवार महोत्तरीको उत्तरी क्षेत्र रातु नदीको तटिय क्षेत्रमा भएको कार्यक्रममा चुरे नै तराईको पानीको भण्डार भएको र यस्को लागी पहिले त चुरे क्षेत्रका मानिसहरु सचेत हुनुपर्ने सहभागीहरुले प्रतिक्रिया दिए ।
यसैक्रममा चुरे अभियन्ता सुनिल यादवले दिनानुदिन चुरे अतिक्रमण हुँदै जानू दु:खद भएको वताए । पैसा कमाउने उदेश्यले केही मानिसहरुले चुरेलाई व्यापार वनाउदा समस्या सिर्जना हुँदै गएको उन्को भनाई छ ।
संघिय सरकारलाई ध्यानाकर्षण गराउन यसअघि उन्ले चुरे संरक्षणको लागी ११ दिन लगाएर काठमाण्डौसम्म पैदलयात्रा समेत गरेका थिए ।
जिल्लाको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकाले दक्षिणका जन्ताहरुको भबिष्य बोकेको र यही क्षेत्रमा नै अनियन्त्रित दोहन हुनुले भबिष्य संकटन्मुख वनिरहेको अभियन्ताहरुको भनाई छ ।
नदी उत्त्खननका नाममा रातुमा भएको उत्त्खननलाई लिएर पनि अभियन्ताहरुले चिन्ता ब्यक्त गरेका छन । अहिले रातु नदीमा मापदण्डविपरित उत्त्खनन भैइरहेको र यस्लाई रोक्न सवैजना एक जुट हुनुपर्ने प्रकृति एवं नदी संरक्षण अधिकार मंच महोत्तरीका अध्यक्ष निरोज अधिकारीले वताए ।
भुमिगत पानीमा समस्या मात्र हैन किसानहरु समेत विस्थापित वन्नुपर्ने अवस्था सिर्जना भएकोप्रती अधिकारीको भनाईलाई सहमत जनाउदै बर्दिवासका स्थानिय समाजसेवी संकर फुयालले खोला उत्त्खनन पनि मुख्य समस्या रहेको औल्याए ।
बर्दिवासमा देखिएका गतिविधिले जलेश्वर देखि जनकपुरसम्म असर देखिन सुरु भएको भन्दै फुयालले आफ्नो अधिकारको लागी प्रतिरोध गर्नुपर्ने अवस्था सिर्जना भैइसकेकोप्रती सचेत गराएका छन । -न्युज कारखाना




