
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ जनकपुरधाम–जलेश्वर सडक खण्ड बिन्धीमा बसले किच्दा एकजनाको मृत्यु भएको छ भने पाँच गम्भिर घाइते भएको छ ।
जनकपुर– जलेश्वर सडक खण्डको बिन्धिमा प्र २–०२–००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिंदा अन्दाजी ३०÷३५ वर्षीया राखी देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा १ बच्चा सहित ५ जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।
विवाहका लागि माटो खन्न गइरहेकी महिलाहरुको समुहलाई बसले ठक्कर दिएको थियो ।
दुर्घटनापछि आक्रोषित स्थानीयले बसमा तोडफोड गरेको छ । अवस्था तनाव ग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । घाइतेहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।


