महोत्तरी – गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ।
गर्मी मौसम सुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भएपनि महोत्तरी जिल्लाको औरही नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो।



नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढ्दै गएको औरही नगरपालिकाका वडा नम्बर १ का स्थानीय बासिन्दा लक्की चौधरीले बताए।




