
भैरहवा- लुम्बिनी साँस्कृतिक नगरपालिकाले फाल्गुन २४ गते बिहिवार शोक विदा दिने निर्णय गरेको छ।
नगरपालिकाको वडा नं ३ पडरियाबाट काठमाडौंलाई प्रस्थान गरेको लु २ ख २१२१ नम्वर को रात्री बसको वुधवार विहान धादिङ जिल्ला को त्रिशुली नदीमा दुर्घटना भई नगर भित्र का स्थानियवासीहरुको असामयिक निधन भएकोमा बिहिवार शोक विदा दिने निर्णय गरेको नगरपालिकाले सुचना जारी गरेर जनाएको छ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले नगर भित्र का स्थानियको असामयिक निधनमा नगरपालिका परिवार गहिरो दुःख प्रकट गर्दै मृतकहरुमा भावपूर्ण श्रद्धाञ्ली अर्पण गर्नु को साथै घाईतेहरु मा शिघ्र स्वास्थ्य लाभ को कामना गरेको जनाएका छन् ।
शोकको अवस्थालाई मध्यनजर गर्दै विहिवार नगरपालिका भित्र को सम्पूर्ण शैक्षिक संस्था, सरकारी कार्यालय , वडा कार्यालय, स्वास्थ्य संघ संस्थाहरुमा बिहिवार एक दिन शोक विदा निर्णय गरेको नगरप्रमुखले सुचना मार्फत जानकारी गराएका छन् ।