अमित ठाकुर,रौतहट – रौतहट जिल्लाको गौरमा क्रिकेट संघको आयोजना २६ गते देखि पालिका कप सुरु हुँन लागेको हो। क्रिकेट संघ रौतहटले रौतहटका १८ वटै पालिका संग समन्वय गरि उक्त खेलको आयोजना गरेको रौतहट क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त नेपालले जनाएको हो। यहि फागुन २६ गते देखि सुरु हुन लागेको पालिका कपमा रौतहटकै १८ वटा पालिकालाई सहभागी गराएको हो।
देशमै पहिलोपटक रौतहटमा हुन लागेको पालिका कपको सम्पुर्ण म्याच लेदर बौलले खेलाउने तथा ICC को नियमअनुसार खेलाउने क्रिकेट संघका कोषाध्यक्ष नेपालले बताएका छन्। यही २६ गतेबाट सुरु हुन लागेको पालिका कपमा ६ वटा ग्रुप बिभाजन गरिएको हो। प्रत्येक ग्रुपमा ३-३ वटा पालिकाले खेल्ने छन्। भने ग्रुप A मा गौर नगरपालिका मौलापुर नगरपालिका, गुजरा नगरपालिका खेल्ने छन्।



भने ग्रुप B मा गरुडा नगरपालिका, फतुवाबिजयपुर नगरपालिका, माधव नारायण नगरपालिका खेल्ने छन्। त्यसतै ग्रुप C मा यमुनामाई गाँउपालिका,परोहा नगरपालिका, बृन्दावन नगरपालिका खेल्ने छन्। भने ग्रुप D मा गढीमाई नगरपालिका,राजदेवी नगरपालिका,बौधीमाई नगरपालिका खेल्ने छन्।

त्यसतै ग्रुप E मा चपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, दुर्गाभगवती गाउँपालिका खेल्नेछन्। भने ग्रुप F मा कटहरीया नगरपालिका,ईशनाथ नगरपालिका, राजपुर नगरपालिका खेल्ने रौतहट क्रिकेट संघका कोषाध्यक्ष नेपालले बताएका छन्। सो पालिका कपमा रौतहटको पालिकाबाट ५४ लाखको सहयोग हुने र बाँकी रकम संघसंस्थाबाट सहयोग अनुदान लिने कोषाध्यक्ष नेपालले बताएका छन। सो पालिका कपको पहिले चरणको म्याचमा १८ वटै पालिकाले लिग म्याच खेल्ने छन्।
जस मध्ये ६ वटा टिम रनरेट र प्वाइन्टको अधारमा बाहिरिने छन्। त्यस पछि पुण्ह ग्रुप निरधारण हुने छन्। ग्रुप A,B,C मा चार-चार वटा पालिका टिमले खेल्ने छन्। जस मध्ये ६ वटा पालिका टिम बाहिरिने छन्। त्यास पछिको म्याचमा ग्रुप A र B निर्धारण हुनेछन्। जस्मा ३-३ वटा पालिका टिम सहभागी हुने छन्।
ग्रुप A र B बाट तीन वटा पालिका टिम बाहिरिने छन्। अन्तय ३ वटा टिमले लिग म्याच खेली फाईनलमा २ वटा पालिका टिमले भिड्नेछन् । क्रिकेट संघ रौतहटले आयोजना गरेको पालिका कपको फाईनल खेल डेनाईट हुने छन्। भने बिजेता टिमलाई ट्रफीको साथ-साथै नगद ३ लाख पुरस्कार र उपबिजेता टिमले ट्रफीको साथ-साथै १ लाख ५० हजार पुरस्कार दिईने कोषाध्यक्ष नेपालले बताएका छन्।




