गणेश कुमार सिंह,महोत्तरी- गौशाला नगरपालिका वडा नं.१२ कान्तिबजार स्थित माहाशिवरात्रीको अवसरमा श्री रामेश्वरमहादेव मन्दिरको उदघाटन तथा भव्य कलश शोभा यात्रा निकालिएको छ।उक्त कलश यात्रामा कन्या द्वारा कलश शोभा यात्रा निकालिएको बाँके खोला कलशमा जल भरेर नगर परिक्रमा गराई रामेश्वरमहादेव मन्दिरमा राखिएका छन् ।
विगत ५-६ वर्ष देखि निर्माण अलपत्र परेका महादेव मन्दिरको युवाहरू एक जुट भई चन्दा संकलन गरि निर्माण गराई महाशिवरात्री को अवसरमा कलश शोभा यात्रा निकाली टुटेश्वरनाथ मन्दिरका पुजारी श्रीचन दास द्वारा मन्दिरको रिभन कटाई मन्दिर उद्घाटन भएका छन् ।उक्त रामेश्वरमहादेव मन्दिर भित्र टुटेश्वरनाथ मन्दिरका पुजारी श्रीचन दासले महादेवको शालिकमा भस्म र चन्दन लगाई रामेश्वरमहादेवको शालिक माथी जल चाढाई उद्घाटन गर्नु भएका छन् ।



त्यस पश्चात् मात्र रामेश्वरमहादेव माथि सम्पूर्ण व्यक्तिहरुको लागि जल चाडाउनेको लागि मन्दिर खुलाईएको थियो ।
सो कलश यात्रामा गौशाला नगरपालिका १२ ,११, ७ का कुमारी कन्याहरु कलश बोकी वडा नं. १२ भरी परिक्रमा गरि बाबा रामेश्वरमहादेव प्राङ्गणमा आएका थिए ।




