
भैरहवा- रुपन्देही प्रहरी ले मोवाइल चोरी तथा लुटपाट कार्य मा संगलग्न चार जना लाई वुधवार पक्राउ गरेको छ। जिल्ला को विभिन्न स्थानहरु मा केही दिन देखि मोटरसाईकल मा आएर सर्वसाधारण को हात वाट मोवाइल लुटेर भाग्ने घटना घट्दै आएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले लुटपाट मा संलग्न चार जाना लाई विभिन्न ब्रान्ड का ८ थान मोवाईल र लु ५६ प ७१९ नम्वर को मोटरसाईकल सहित पक्राउ गरेको हो। पक्राउ पर्ने मा सिद्धार्थ नगर नगरपालिका वडा नं ७ का २५ वर्षिय मनिष हरिजन, वडा नं ३ का २४ वर्षिय देवान गुरुङ्, वडा नं १३ का २४ वर्षिय रोमन घर्ति र सियारी गाउँपालिका वडा नं ३ का ३१ वर्षिय मोहम्मद रसिद मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
प्रहरी अनुसन्धान मा निज हरु ले विभिन्न स्थान मा मोवाइल बोकी उभिएका मानिस हरु नजिकै मोटरसाईकल रोकी अति जरुरी समस्या भएको ले एक कल फोन गर्न भनि मोवाइल मागि भाग्नु को साथै एक्लै बसेका सर्वसाधारण हरु को हात मा बोकेको मोवाइल खोसेर फरार हुने गरेको र लुटेको मोवाइल विभिन्न पसल मा बेचि लागुपदार्थ खरिद गर्ने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।