जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी छाडेपछि पार्टीलाई हित नै भएको बताएका छन्। उनले आफै बाहिरिएपछि महतो पार्टीबाट निष्काशितसमेत भएको बताए।
बिहीबार जनकपुरधाममा लोसपाको चैत ६ र ७ गते भएको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले भने, ‘पार्टीभित्र बसेर पार्टीको बिना कुनै अनुमति लिएर कार्यक्रम गर्छ कोही भने त्यो गए के हुन्छ?’



महतोको अभियानले मधेसमा कस्तो प्रभाव पार्छ त्यो पछि देखिने उनले बताए।
संघीय गठबन्धनमा नरहे पनि मधेस सरकारमा रहेको प्रश्नमा अध्यक्ष ठाकुरले प्रदेश र संघ फरक–फरक व्यवस्था रहेकाले संघकै नजरले सबै ठाउँमा हेर्न नहुने बताए। उनले प्रदेशमा अहिले अवस्था फरक रहेको बताए।




