जनकपुरधाम- मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको मोनाष्टिक आवसिय माध्यमिक विद्यालयले मोनाष्टिक प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ मनाएको छ।
दिक्षान्त समारोहको रमाइलो उत्सवमा २०५ जना छात्रछात्राहरूले आ-आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा चिन्ह लगाएका थिए । युकेजी कक्षाका छात्रछात्राहरूले मञ्चमा आफ्ना प्रतिभाहरू प्रदर्शन गरेका थिए भने उनीहरूले सांस्कृतिक नृत्य तथा आकर्षक नाटकहरू समेत प्रदर्शन गरेका थिए ।
मोनाष्टिकले शैक्षिक उपलब्धिहरूमा मात्र केन्द्रीत नभई मोनाष्टिक प्रिस्कूलमा विविध सीप र रचनात्मकतालाई पनि जोड दिएको कुरा मोनाष्टिक कलेजका प्रबन्ध निर्देशक डाक्टर सोनु साहले बताए। उनका अनुसार " विधार्थीहरुलाई सानै देखि आफ्नो लक्ष्यप्रति केन्द्रित हुने खालका कार्यक्रमहरुमा जोड दिएको र विधार्थीहरुलाई व्यवहारिक र नैतिक ज्ञान दिने कार्यक्रम गर्दै आएको बताए । सहभागी विधार्थीहरुलाई विद्यालयका प्रिन्सिपल तथा निर्देशक डा.शिखा नायकले प्रमाणपत्र प्रदान गरेका थिए।