भैरहवा- रुपन्देही जिल्ला को भैरहवा मा प्रहरी को अनुसन्धान लाई अनुचित प्रभाव मा पार्न खोज्ने एकजना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने मा भारत महाराजगंज थाना सोनौली फरेना वस्ने ४५ वर्षिय सोनु मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।



सिद्धार्थनगर नगरपालिका वडा नं ६ गल्लामण्डी भैरहवा मा भारत वाट लुकाई छिपाई भंसार छलि बोईलर कुखुरा नेपाल तर्फ ल्याईराखेको भन्ने प्रहरी लाई प्राप्त गोप्य सुचना अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले केही व्यक्ति हरु ले ल्याउँदै गरेको बोईलर कुखुरा देखि सोधपुछ गर्ने क्रम मा निज मुसलमान ले प्रहरी टोली लाई अनुचित प्रलोभन मा पार्न खोजी काम कार्वाही मा समेत अवरोध शृजना गरेको हुँदा पक्राउ गरिएको जनाईएको छ।
पक्राउ गरिएका मुसलमान लाई प्रहरी कार्यालय लगि घटना सम्वन्ध मा जिल्ला प्रशासन कार्यालय रुपन्देही वाट अभद्र व्यवहार मुद्दा मा म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।




