महोत्तरी – महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुसुम विसौना बस्ने ३० वर्षीय सियाराम महतो र सोहि वडामा बस्ने २० वर्षीय सुबेश शर्मा रहेको प्रहरीले जनाएको छ। उनिहरुलाई औरही नगरपालिका वडा नम्बर २ औरहीमा रहेको बिधुत सबस्टेसन स्थित जलेश्वर-बर्दिवास सडक खण्डबाट प्रकाउ गरिएको हो ।



प्रहरी चौकी औरहीबाट खटिएको ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले सवारी चेक जाँच गर्दा भारतको कन्हमा बोर्डरबाट बर्दिबास तर्फ जादै गरेको लु ५९ प ६३३७ नम्बरको स्लुटो मोटरसाईकलमा लागू-औषध फेला परेपछि पक्राउ गरिएको हो ।
उनिहरुको साथबाट Exiplon नामक लागू औषध ९ बोतल र Nitravet-10 लेखिएको लागू औषध ट्याव्लेट १२ पिस, स्पासमो लेखिएको लागू औषध ट्याव्लेट १३ पिस, बराबद भएको ईलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको यादवले बताए ।




