
होटल तथा पर्यटन व्यवसायी संघ मधेश परदेशको दोश्रो अधिबेशनवाट हिरा गौतम पुन: निर्वाचित भएका छन ।
आईतवार भएको परदेश अधिबेशनवाट गौतम दोश्रो कार्याकालको लागि सर्वसम्मत निर्वाचित भएका हुन ।
होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा गौतमले पुर्र्याएको योगदानको कदर गर्दै व्यवसायीहरुको नै माग वाम्मोजिम दोश्रो अधिबेशनले समेत गौतमलाई नै निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ ।
अध्यक्ष वाहेक अन्य पदहरुमा भने धेरैजसो नया अनुहार निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा बिष्णु कुमार साह, उपाध्यक्षमा सुरेन्द्र कुमार भण्डारी, माहासचिवमा बैकुण्ठ सापकोटा, कोषाध्यक्षमा दाना वहादुर थापा, सचिवमा तवारेज आलम, स-सचिवमा शिवराम राउत र स-कोषाध्यक्ष गोबिन्द गहतराज निर्वाचित भएको होटल तथा पर्यटन व्यवसायी संघ मधेश परदेशले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा अन्जु न्यौपाने, कल्याणी गौतम, ई. रामचन्द्र साह, अरविन्द्र कुमार चौधरी, बिद्यालाल प्रसाद र मुकेश कुमार प्रजापति निर्वाचित भएका छन ।
होटल हवकोरुपमा विकास हुदैँ गएको मधेशमा पर्यटन विकासलाई जोड दिनुपर्ने वताउदै नवनिर्वाचित अध्यक्ष हिरा गौतमले अघिल्लो कार्याकालमा वाकी रहेका अधुरा कामहरुलाई पूर्णता दिने र पर्यटन विकासको नया गनतब्यको खोजी गरिने प्रतिबद्दता जनाएका छन ।
चारतारे होटलसम्म खुलिसकेको मधेशमा प्रत्येक जिल्लाहरुमा पर्यटकीय सम्भावनाहरुको खोजी गरेर मधेशलाई धार्मिक, सांस्कृतिक र पुरातोत्विक पर्यटनको विकासमा जोड दिने अध्यक्ष गौतमको भनाई छ ।
गौतम आफै पनि मधेशको चर्चित होटल होटल गौतमको संचालक हुन । होटलवाट नै सफल व्यवसायीको पहिचान वनाएका गौतमले हालसालै धनुषाको लालगढमा समेत सुविधासम्पन्न होटल पारम्भ गरेका छन् । - न्युज कारखाना