
भैरहवा- रुपन्देही प्रहरी ले भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याईएको १५२ बोरा प्याज, तस्करी मा प्रयोग गरिएको दुई मोटरसाईकल र लोड गर्दै गरेको अवस्था मा रहेको ट्रक मंगलवार मायादेवी गाउँपालिका वाट नियन्त्रण मा लिएको छ।
नियन्त्रण मा लिईएको प्याज र सवारी साधन सहित को अनुमानित मुल्य २३ लाख ४८ हजार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।

मायादेवी गाउँपालिका वडा नं ७ बनगाई मा अवैध प्याज ओसार पोसार भएको गोप्य सुचना प्रहरी लाई प्राप्त भए सँगै जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवा वाट खटिएको प्रहरी टोली ले लु ४७ प ४३३७ नम्वर को मोटरसाईकल र यु पी ५६ के ४१६ नम्वर को भारतिय मोटरसाईकल ले ओसारपसार गरि लु २ ख ५३०४ नम्वर को ट्रक मा लोड गरिराखेको अवस्था मा १५२ वोरा प्याज बरामद गरि सवारीसाधन र प्याज नियन्त्रण मा लिएको हो ।
बरामद गरिएको प्याज, मोटरसाईकल र ट्रक लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।