
राधेश्याम कुशवाहा, सर्लाही
सर्लाहीको सदरमुकाम मलंगवा वार्ड १० स्थित तिनबिघे मैदानमा नेपाली सेनाको आयोजनामा अग्नी नियन्त्रण सम्बन्धि प्रदेश स्तरिय संयूक्त अभ्यास सम्पन्न भएको छ ।
मधेस प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा नेपाली सेना सहित सुरक्षा अन्य सुरक्षा निकाय, स्थानिय तह तथा विपद रोकथाम तथा नियन्त्रणका क्षेत्रमा कार्यरत विभिन्न कार्यलय तथा संघसंस्थाको आयोजनामा संयूक्त विपद अभ्यास गरिएको नेपाली सेना भैरवी दल गण पाँच कुमारी ब्यारेकले जनाएका छन ।
कार्यक्रममा प्रमुख अतिथि सहित उपस्थित अतिथिहरुले नेपाली सेना, अन्य सुरक्षा निकाय, स्थानिय तह तथा विपद क्षेत्रमा काम गर्ने विभिन्न कार्यलय तथा संघसंस्थाहरुले विपद व्यवस्थापन सम्बन्धि सामग्रीहरु प्रदर्शन गरेको स्टलहरुको निरिक्षण र त्यसपछि कार्यक्रमहरुको बारे जानकारी गराइएको थियो ।
विधुत शर्ट, भान्साघरमा ग्यास सिलिण्डरबाट हुने आगलागी, गाउँ बस्ती हुने आगलागी, फायर ईक्सटिंग गुइसरको आगो नियन्त्रण, जंगलमा फावर लेन बनाउने, ठुलो शहरी भवनमा लागेको आगो नियन्त्रण तथा उद्दार डेमोको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सर्लाही, जिल्ला स्वास्थ कार्यलय सर्लाही, जिल्ला रेडक्रस कार्यलय सर्लाही, जिल्ला प्रहरी कार्यलय सर्लाही, श्री भैरवी दल गण पाँच कुमारी ब्यारेक नवलपुर, सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासी, रेडक्रस, राष्टिय रोजगार प्रबर्दन केन्द मलंगवा, बामगती सेवा समाज सर्लाही, डिभिजन वन कार्यलय लालबन्दी, भुतपूर्व सैनिक, स्थानिय तहमा गोडैता नगरपालिकाले विपद व्यवस्थापन सम्बन्धि सागम्रीको प्रदर्शनमा स्टल राखेका थिए ।
कार्यक्रममा घरमा आगलाीबाट बच्ने तरिका बारे सचेतनामूलक सामग्री, प्रकृति संरक्षण, नेपाली सेनाबाट संचालन भएका विभिन्न अभ्यासहरु, एनसिसि तालिम, विपद व्यवस्थापनमा नेपाली सेना, जनहित कार्यक्रम कार्यक्रमा नेपाली सेना, महिला सहभागिता, शान्ति सेना मिशनमा नेपाली सेना लगायत नेपाली सेनाले गर्दै आएको साहसिक तथा विपद व्यवस्थापन लगायत अन्य क्षेत्रमा गर्दै आएका कार्यहरुको विभिन्न ब्यानर र तस्बिर मार्फत प्रदर्शनीमा देखाइएको थियो ।
सुख्खमा समयमा जिल्लाका विभिन्न स्थानिय तहमा हुने आगलागीबाट हुने जोखिन तथा क्षति रोकथाम नियन्त्रणका लागि अग्नि नियन्त्रण २०८० प्रदेश स्तरिय संयूक्त विपद अभ्यास गरिएको नवलपुर स्थित भैरवी दल गण पाँच कुमारी ब्यारेकका गणपति एंव प्रमुख सेनानी सूर्य बहादुर थापाले जानकारी दिए ।
नेपाली सेनाले प्रत्येक बर्ष बाढी पहिरो, डुबान, भुकम्प, आगलागी, विभिन्न किसिमका महामारी लगायत विभिन्न दैविप्रकोप नियन्त्रण सम्बन्धि अभ्यासहरु जिल्लाका विभिन्न स्थानिय तह लगायत फरक फरक ठाउँहरुमा गर्दै आएका छन , प्रमुख सेनानी कार्कीले भने । यो पालि सदरमुकाम मलंगवाको तिनबिघे मैदानमा अग्नी नियन्त्रण सम्बन्धि संयूक्त अभ्यास गरेको उहाँको भनाई छ ।
प्रदेश स्तरिय संयूक्त विपद अभ्यास अग्नी नियन्त्रण २०८० सम्बन्धि कार्यक्रममा प्रमुख अतिथि मधेस सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, प्रदेश सचिव, प्रदेश प्रहरी प्रमुख, राष्टिय अनुसन्धान विभागका प्रदेश प्रमुख, नेपाली सेनाको मध्यपूर्वी पुतनापति, जिसस सर्लाही मलंगवा तथा इश्वरपुर नगरपालिकाका नगरप्रमुख, प्रमुख, प्रजिअ सर्लाही, चारवटै सुरक्षा निकायका प्रमुख सहित अन्य प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, समाजिक अगुवा, नागरिक समाज, संचारकर्मी, विद्यार्थीहरु लगायत विपदका क्षेत्रमा काम गर्ने विभिन्न कार्यलय तथा संघसंस्थाहरुको प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।