
महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले नसल सुधार गर्नका लागि उन्नत जातका बिउ बोका वितरण गरेको छ। उन्नत जातका बिउ बोका वितरण कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो ।
त्यसै क्रममा बोल्नुहुँदै प्रमुख मण्डलले यो उन्नत जातका विउ बोकाबाट उत्पादन हुने राम्रो बाख्राले बाख्रा पालन गर्नेहरुलाई आयआर्जन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित " कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना "अन्तर्गत आज उक्त परियोजनाले गठन गरेको विभिन्न महिला समूहका जम्मा २० जना महिलालाई १/१ वटाका दरले वितरण गरेको कुरा उक्त परियोजनाका परियोजना संयोजक महेश राय यादवले बताउनुभयो ।

आफूहरू उन्नत जातका बीउ बोका पाए पछि मटिहानी नगरपालिका वडा नम्बर १ कि हिरा सहनीले अब हामी पनि ठूलो ठूलो बाख्रा बेची बढी आम्दानी गर्न पाउँदा खुसी व्यक्त गरेकी छिन। त्यसैगरी मटिहानी नगरपालिका वडा नम्बर ३ आबरकी ललिता देवी र वडा नम्बर ५ विसनपुरकी सरिता राम लगायतकाहरुले पनि खुसी व्यक्त गरेका छन ।
उक्त कार्यक्रममा नगर उप-प्रमुख मंजु देवी साह, वडा नं ३, ७ र ८ का वडा अध्यक्षहरू क्रमश:नाजिर मिया,जितनारायण माझी र रितेश शाह RYC का लेखापाल रुपेश कुमार झा,वडा सचिव रामनाथ मण्डल,हेफर प्रोजेक्टका कर्मचारीहरू र विभिन्न महिला समूहका महिलाहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।
