महोत्तरी – मटिहानी आगलागि पिडितलाई महोत्तरी क्षेत्र नं. ३ का सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राहत वितरण गरेका छन्।
बुधवार मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागि बाट क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई उनले२५ किलोग्रामको दरले १०३ घरपरिवारलाई चामल वितरण गरेका छन्। उक्त राहत वितरण क्षेत्र नं. ३ को सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र महोत्तरी क्षेत्र नं. २ को सांसद एवं पूर्व मन्त्री शरत सिंह भण्डारीले संयुक्त रुपमा गरेका थिए।




राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्ण,मधेश प्रदेशका पूर्व मन्त्री रमेश प्रसाद कुर्मी,प्रदेश सभा सदस्य रमिता प्रधान,मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल,भंगहा नगरपालिकाका नगर प्रमुख संजीव साह,औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्का,बलवा नगरपालिकाका नगर प्रमुख राम बिजयमहतो लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।









