
धनुषा- धनुषाको गणेशमान चारनाथ नगरपालिका अन्तर्गत बिरेन्द्रबजारमा एक कार्यक्रमको आयोजना गरि युवा संजाल गठन गरिएको छ।
सेफ नेपाल संस्थाले अभिमुखिकरण तथा युवा संजाल गठन कार्यक्रम गठन गरि १५ जना कार्यसमिति राखि नगर स्तरिय युवा संजाल गठन गरेको हो । द एसिया फाउण्डेसन मुख्य कार्यान्वयन संस्था, यु.एस.ए.आई.डीको सहयोग तथा नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सेफ नेपाल संस्थाले युवा संजाल गठन गरिएको बताईएको छ ।

नगरपालिका भित्र रहेका ११ वटै वडा बाट सहभागिता रहेको संजाल गठन कार्यक्रमबाट युवा संजाल गठन गरिएको संस्थाका युथ फॉर सोसियल चेन्ज परियोेजनाका संयोजक विनोद महराले जानकारी दिएका छन् ।
समाजमा विद्यमान रहेको समस्या, हानिकारक समाजिक मुल्यमान्यता, कुसंस्कार, कुरितीहरुको न्युनिकरण गर्न तथा युवाहरु केन्द्रित समस्याको पहिचान र सम्बोधन गर्ने उदेश्यका साथ युवा संजाल गठन गरिएको उनले बताए ।
लैंगिक समानता, अपांगता, फरक क्षमता भएका तथा समाजिक समावेशी (जेडसी) सिद्धान्तको आधारमा महिला युवा तथा सिमान्तकृत वर्गलाई लक्षित गरी युवा संजाल गठन गरिएको उनको भनाई छ ।
नगरस्तरिय युवा संजालमा गणेशमान चारनाथ नगरपालिका वडा नंः १०का सुन्दर मुखिया संयोजक, गणेशमान चारनाथ नगरपालिका वडा नंः ६ बस्ने सञ्जु महतो सचिव र वडा नंः ३ बस्ने रंजिता साफी, रेखा महरा, वरुण महरा, वडा नंः १ बस्ने घनश्याम सिजाली, वडा नंः ६ रेखा कुमारी ल्याहो मगर, रामनाथ मण्डल, रुबी सहनी, वडा नंः ११ बस्ने शर्मिला अधिकारी, बबिता देवी दनुवार, वडा नंः ९ बस्ने प्रमिला मण्डल, पविता यादव, वडा नंः ७ सबिना पासवान सदस्य रहेको छ ।
समाजले युवालाई नागरिक स्थानको अस्तित्व दिन नसकेको र युवाको समस्यालाई पनि परम्परागत रुपमा बुढापाकाले मात्र निणर्य लिने गरेको प्रकृयामा युवाले स्थान पाउन, आफ्नो कुराको लागि आवाज उठाउन सकुन र त्यसको समाधान गर्न सकुन, भने मुख्य उदेश्य रहेको छ ।
महिला युवा, सिमान्तकृत, दलित, मुस्लिम, आदीवाशी, जनजाती, समाजिक समावेशीता लाई मुख्य लक्ष्य राखी युवा संजालले राष्ट्रिय युवा नीति, स्थानिय युवा नीतिको कार्यान्वयन, आवश्यक नयाँ नीति निमाणर् गर्ने उदेश्य युवा संजालको स्थापना गर्न लागिएको परियोजना संयोजक विनोद महराले जानकारी दिएका छन् ।