
महोत्तरी - महोत्तरीको गौशाला नगरपालिका १० स्थित श्री जनता राष्ट्रिय आधारभूत बिधालयको भवन शिलान्याश गरिएको छ। नेकपा माओवादी केन्द्र पार्टीका संसदीय दलका नेता एबम मधेश प्रदेश सांसद भरत प्रसाद साहले शिक्षा बलियो बनाउनको लागि भौतिक पूर्वाधारको पूर्ति हुनुपर्ने बताएका छन् ।
सोमबार गौशाला नगरपालिका वडा न.१० विश्वकर्मा टोल स्थित रहेको श्री जनता राष्ट्रिय आधारभूत बिधालयमा बटौवामा प्रदेश स्तरीय योजनाबाट करिब २५ लाखको लागतमा २ कोठे भवनको शिलान्यास मधेश प्रदेश सांसद भारत साह र सो वडाका वडा अध्यक्ष बिष्णु कुमार महतोले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । मधेस प्रदेश सांसद साहले देशमा समृद्धि स्थापनाको लागि भौतिक पूर्वाधारदेखि लिएर हरेक तहमा समुचित विकास हुनुपर्ने बताए ।

उनले शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात ,सडक लगायत कृषि क्षेत्रमा एकनास विकास हुनुपर्नेमा जोड दिए । उनले भने , "विकास निर्माणका कार्यहरु सहि तवरले भएमा मात्र जनप्रतिनिधिप्रति जनताको विश्वास बढ्छ । जनतालाई न्यायोचित विकास चाहिएको छ ।
तसर्थ जनताको समस्या बुझेर देशको हरेक क्षेत्रमा विकास हुनु जरुरि छ।" शिलान्यास कार्यक्रममा मदेश प्रदेश सांसद साह , वडा न.१० का वडा अध्यक्ष विष्णु कुमार महतो ,बिरेन्द्र कुमार यादव लगायत समाजसेवी ,जनसमुदायको सहभागिता थियो ।