जनकपुरधाम । सामाजिक विकृति तथा पुराना सोचका विरुद्धमा निर्माण भएको मैथिली कथानक चलचित्र “मिलन” एक साथ मैथिली भाषाको प्रभाव क्षेत्र भएका विभिन्न जिल्लाहरूमा आज देखि प्रदर्शन हुन लागेको छ ।
आर एस जे प्रोडक्सनद्वारा तयार पारिएको सो फिल्मको निर्माता निर्देशन श्याम सुन्दर झा र रामसुन्दर झा रहनु भएको छ । सन्तोष कुमार झाको लेखनमा निर्माण भएको ठूलो पर्दाको मैथिली कथानक चलचित्रमा समाजमा विधवा विवाहका विषयमा भएको गलत मान्यतालाई चिर्ने प्रयास गरेको छ ।



जनकपुरधाममा आज आयोजना गरिइएको पत्रकार सम्मेलनमा लेखक सन्तोष कुमार झाले फिल्म एक साथ जनकपुरधामको गिरिजा चलचित्र मन्दिर, सिरहाको लहान, राजविराज तथा विराटनगरको दुई वटा सिनेमा आज देखि प्रदर्शन हुन लागेको छ ।

सबै क्षेत्रमा आर्थिक मंन्दिको प्रभाव भएको बेलामा ठूला पर्दाको सिनेमाको निर्माण गरेर मैथिली भाषा, संस्कृति तथा परम्परालाई उजागर गर्ने काम भएको छ । सो फिल्मको नायकको रुपमा रहेका सञ्जीव पुनम मिश्रले आइ पि एस अफिसरको रुपमा भूमिका निर्वाह गरेका छन् भने नायिका मेघा सक्सेना रहनु भएको छ ।
चलचित्रमा कथा निक्कै सशक्त रहेको दाबी गरिइएको छ । सिनेमा हलमा दर्शक प्रवेश गरेपछि भरपुर मनोरञ्जन पाउने दाबी फिल्मका कथाकार सन्तोष कुमार झाले दाबी गर्नु भयो । बलिउडका राजधानी मानिएका माया नगरी मुम्बईमा तयार पारिएको सो फिल्म दर्शक वर्गले निक्कै मन पराउने विश्वास गरिइएको छ ।




