गौशाला- ‘तरवा खियागेल हजुर मुदा हमरा न्याय नई मिलल’ (पैताला थाकेपनि मैले न्याय पाउन सकेन् हजुर । यो गुनासो सोनमाका विन्देश्वर सदाले सार्वजानिक सुनवाईका विच गरिएको हो ।
शनिवार सोनमा गाँउपालिका ६ मगरथानाको प्रहरी चौकी मगरथानाको प्रागणमा आयोजना भएको सार्वजानिक सुनवाई कार्यक्रमका सहभागी हुँदै सदाले प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसमक्ष यो गुनासो पोखेका हुन् ।
उनले भने, ‘म मिटरव्याज पीडित हुँ । प्रहरीमा साहु विरुद्ध उजुरी गरेको छु । प्रहरी चौकी धाउनु् मेरो नियमित काम भईसकेको छ । ओहोरदोहोर गर्दागर्दै मेरो समय र पैसा खर्चियो । तर साहुलाई प्रहरीले पक्राउ नगरेपछि मैले अझ न्याय पाउन सकेको छैन्, हजुर ।’
सोहीविच स्थानिय रामएकवाल चौरसियाले प्रहरी चौकीमा थप जनशक्ति पुर्ति गर्नका लागि आग्रह गरेका थिए । शुरुमा ११ जनाको दरवन्दी रहेकामा अहिले ५ जनामा सिमित हुँदा स्थानियले समयमा प्रहरीबाट संतोषजनक तवरले न्याय पाउनमा कठिनाई भएको चौरासियाले गुनासो पोखेका छन् । खासमा महिला प्रहरी नहुँदा महिलाहरुले खुलेर आफनो समस्या भन्न हिच्किउँदा न्याय प्रभावित हुन पुगेको उनको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी सन्तुलाल प्रसाद जयसवालले प्रहरीसँग सम्बन्धित समस्याको सम्बोधन गरेका थिए । चौतर्फी रुपमा प्रहरीले सहयोग पाएपछि पीडितलाई न्याय दिलाउनका आफ्ना मातहतका प्रहरीले रतिभरि कसर नराख्ने प्रतिवद्धता जनाएका थिए । मिटर व्याजी पीडितलाई न्याय दिलाउने सवालमा कुनै किसिमको सम्झौता नहुनेतर्फ जोड दिदै प्रहरी प्रवक्ता जयसवारले आफ्ना मातहतका निकायलाई निर्देशन दिएका हुन् । छिटपुट रुपमा कानुनको दायरामा आउन नसकेको दविएको घटनालाई क्रमिक रुपमा सम्बोधन गरि पीडितलाई कानुनसम्बत रुपमा न्याय दिलाउनका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिनरात एक गरिने धारणा राखेका छन् । महोत्तरी प्रहरीले २० विग्हा ११ कट्ठा जग्गा साहुबाट मिटरव्याजी पीडितलाई फिर्ता दिन सफल भएको डिएसपी जयसवारले जानकारी दिएका छन् ।
सोहीविच गाँउपालिकाका अध्यक्ष विश्वेश्वर प्रसाद यादवले प्रहरीसँग सम्वन्य गरि पालिकावासीलाई सुरक्षित बनाउनका लागि आफु प्रयत्न रहेको जनाएको छ । उनले भने, न्याय दिलाउनेपक्षमा आफु हरपल सक्रिय रहेको छु । ढिलोचाँडो भएपनि पालिकावासीलाई न्याय दिलाउने सवालमा आफु विश्वस्त छु ।
कार्यक्रमकाबीच महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लावासीमा शान्ति सुरक्षाको प्रवन्ध गर्नका लागि आफु तत्पर रहेको धारणा राखेका छन् ।
शनिवार सोनमा गाँउपालिका र जिल्ला प्रशासन कार्यालय महोत्तरीको सहयोग तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा अस्थायी प्रहरी चौकी मगरथानाको प्रागणमा सो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जलसागर गणका सशस्त्र प्रहरी उपरिक्षक, अनुसन्धानका एसपी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने लगायतका सहभागी रहेका थिए ।