
बर्दिवास नगरपालिका किसानहरुको लागि माैरी पालन सम्बन्धी ५ दिने तालिम संचालन गरिएको छ।
बर्दिवास मौरी पालनको उत्कृष्ट स्थान बन्न सक्ने किसान र विज्ञहरुको ठम्याई पछि सारथि नेपाल नामक संस्थाले नगरभित्रका विभिन्न वडामा मौरी पालिरहेका अथवा पालन इच्छुक किसानहरुको लागि तालिम संचालन गरेको हो ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोग र सारथि नेपालको आयोजनामा शनिबारका देखि सञ्चालन भएको उक्त कार्यक्रम २३गते बुधबारसम्म चल्ने छ ।
तालिमको उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले "मौरी आफैमा शुभ र सम्पन्नताको संकेत रहेको परम्परागत मान्यता भएको बताए। उनले परम्परागत मान्यता रहेको मौरी पालनलाई व्यवसायिक रूपमा अगाडि बढाउने जमर्को गरेकोमा संस्थाले सान्दर्भिक काम गरेकाे बताए।
बर्दिवासको गौरी डाँडामा संस्थाले आयोजना गरेको कार्यक्रम बोल्दै उक्त कुरा भनेका हुन्।
यस व्यवसाय अपनाउँदा किसानहरूले सहज रुपमा राम्रो लाभ लिन सक्नेछन् भन्ने उद्देश्यले संस्थाले सञ्चालन गर्न लागेको कार्यक्रमलाई नगरपालिकले सहयोग गरेको पनि बताए।
कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रवक्ता तथा वडा न १४का वडा अध्यक्ष विजय सिंह महतोले राम्रो कामको थालनी भएकोमा कार्यक्रमको सफलताको शुभकामना दिए ।
कृषि ज्ञान केन्द्रका प्रतिनिधि तथा यस कार्यक्रमका प्रशिक्षक राजकिशोर यादवले तालिमको महत्त्व प्रकाश परेका थिए।
पर्यावरण जोगाउँदै आत्मनिर्भर बन्न र बनाउन सक्ने व्यवसायिक सिप दिन किसानहरुलाई दिन लागेको संस्थाका अध्यक्ष शर्मिला घिमिरेले बताइन्।
५ दिने यस मौरी पालन तालिममा खुस कुमार खड्का सहितको समुहले प्रशिक्षण दिने आयोजकले जनाएको छ।
उदघाटन कार्यक्रमको सञ्चालन विनयस्वर कृषक समूहका अध्यक्ष रीता भट्टराईले गरेका हुन्।
