जनकपुर- जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सुरु भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गरेका हुन् । जनकपुरधामको तिरहुतिया गाछीमा जसपा नेपालले सुरु भएको महाधिवेशनमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ता उतारेका छन् ।
करिब १३ सय महाधिवेशन प्रतिनिधि सहभागी रहेको र तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।
महाधिवेशनले अध्यक्ष १,सहअध्यक्ष १,उपाध्यक्ष ५,महासचिव २,उपमहासचिव ३,सचिव ७ र कोषाध्यक्ष १,२०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिने जसपा नेपालले जनाएको छ ।