
जनकपुरधाम- मधेस प्रदेशको मुख्यन्यायधिवक्तामा अधिवक्ता सुरेन्द्र कुमार महतोलाई नियुक्त गरिएको छ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विरेन्द्रकुमार ठाकुरले मुख्यन्याधिवक्ता पदबाट दिएका राजीनामा स्वीकृत गर्दै अधिवक्ता सुरेन्द्र कुमार महतोलाई मुख्यन्याधिवक्तामा नियुक्त गरेका छन् ।
मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्र्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यन्यायधिवक्तामा अधिवक्ता सुरेन्द्रकुमार महतोलाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारमा (२) बमोजिम सबैला नगरपालिका ६ बस्ने सुरेन्द्र कुमार महतोलाई जेष्ठ ३० गते मधेस प्रदेश मुख्यन्यायधिवक्ता पदमा नियुक्त गरेको जानकारी प्रदेश प्रमुखको कार्यालय द्धारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
त्यस्तै यस अघि मुख्यन्यायाधिवक्ताको जिम्मेवारीम रहनु भएको विरेन्द्रकुमार ठाकुरले राजीनामा दिएका थिए ।
सरकार फेरिए पछि ठाकुरले पदबाट राजिनामा दिएका थिए । मुख्यमन्त्री सतिश कुमार सिंह मार्फत् मुख्य न्यायाधिवक्ता ठाकुरले राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गरेकी हुन् ।
तत्कालीन जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा ०७९ माघ १५ मा ठाकुर मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए।
