
जनकपुरधाम- धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्स्पेक्टर सोनु कुमार साहले शनिवार राती मिथिला नगरपालिका-५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताए ।
रुवीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर विवाद हुँदै आएको थियो ।
गत शनिवार देखि हराई रहेकी रुवीलाई खोजी दिनका लागि भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए ।
रुवी बेपत्ता भएको निवेदन आएपछि उनको घर र अन्य सम्भावित स्थानमा खोजतलास गर्दै जाँदा शनिवार राती मिथिला नगरपालिका-५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको इन्स्पेक्टर साहले बताए ।
इन्स्पेक्टर साहले महिला वेपता भएको उजुरी परेपछि नै प्रहरी नियन्त्रणमा रहेको रुबिका श्रीमान् राजनारायण यादवले आफूले नै हत्या गरेको स्वीकार गरेको बयान दिएको बताए। इन्स्पेक्टर साहका अनुसार राजनारायणले प्रहरीलाई दिएका बयानमा गत शनिवार श्रीमान् श्रीमति घुम्न जाने भनेर औरही सामुदायिक वनमा लिएर गएको र त्यहि नै हत्या गरेर जंगलमा लासलाई झारीमा फालेर आएका थिए ।
इन्स्पेक्टर साहले शव शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान तथा ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा चलाउने तयारी भईरहेको बताए ।