
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थीको संख्या ३१ हजार २०९ छ ।
३.२० देखि ३.६० सम्म जीपीएसहित ६८ हजार २५६ र जीपीए २.८० देखि ३.२० ल्याएर ७८ हजार ८७४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जीपीए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ४१ हजार १७७ छन् ।