
महोत्तरी - अविरल वर्षाका कारणले महोत्तरी जिल्लाको गौशाला नगरपालिका -३ नवराजपुरमा एउटा घर भत्किदा दुई जना घाइते भएको छ ।स्थानीय लक्ष्मण महतोको घर भत्किएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
घर भित्र श्रीमान र श्रीमती सुतिरहेको बेला बिहान ३ बजेको समयमा घर भत्किँदा दुबै जना घाईते भएको छ।सोमवार राति परेको मुसलधारे पानीले घरको जगसम्म भिजेर माटो गलेका कारण घर भत्किएको पीडितले बताएका छन् । “राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रहेछ, सुतेरहेको अवस्थामा मंगलवार करिब बिहान ३ बजेको समयमा घर ढलेर आफ़ु थिचिएको महतोले बताए।

घर ढलेर आफु घरभित्रैबाट गुहार माग्दा छिमेकीहरुले घरबाट बाहिर निकालेर आफुलाई उपचारका लागि गौशाला नगरपालिका ४ स्थित रहेको गौशाला प्राथमिक स्वास्थ केन्द्र लागिएको सो कुरा बताए । सो घर भित्र लक्षमन महतो र उनकी श्रीमती तेतरी देवी महतो बस्दै आएको कुरा स्थानीयले बताए । महतो गरि खाने व्यती रहेको छ भने महतोको कुनै सन्तान नरहेको र उपचारका लागि र घर बनाउनका लागि महतोले अपिल गगरेको छ ।

घर भत्किँदा कुनै मानवीय क्षति नभएको प्रहरीले बताए । केहि दिन देखि परेको अविरल वर्षका कारणले घर भत्किएको छ । घर भत्किएपछि आफुलाई बसोबास गर्न एकदम कठिनाइ भइरहेको महतोकी श्रीमती तेतरी देवीले बताइन् । ‘बसोबास गर्नलाई एउटा मात्रै घर थियो तर त्यो घर पनि भत्कियो अब कसरी बसोबास गर्ने ?’ उनी दुःख पोखिन ।
श्रीमानको आखा देखि आपांग रहेको छ, घरमा काम गर्ने पनि छैन, आफु स्थानीयहरुको खेत र घरमा काम गरेर आएको पैसाबाट घर चलाउने गरेको पिडित तेतरी देवीले बताइन । अहिले हाल छिमेको घरमा बसोबास गर्दै आएको उनले बताइन । हामीलाई कुनै पनि संघ–संस्थाले सहयोग नगरेको उनले बताइन ।