
महोत्तरी - मटिहानी नगरपालिकामा गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।नापी कार्यालय महोत्तरी जलेश्वरको आयोजनामा मटिहानी नगरपालिका वडा नम्बर ३ को कार्यालय बरदाहामा आयोजित गाउँ ब्लक जग्गाको लाल पुर्जा वितरण कार्यक्रममा वडा नम्बर ३ का ३८ जना जग्गा धनीहरुलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले लाल पुर्जा वितरण गर्नुभयो ।जग्गा धनीहरु बि.सं. २०६५/६६ देखि जग्गाको लाल पुर्जाको लागि प्रक्रियामा लागेको थिए ।

त्यसै क्रममा मटिहानी नगरपालिका वडा नम्बर २ का रामकृपाल ठाकुर र झूलन राय एवं वडा नम्बर ३ का नजमा खातुनले आज उक्त जग्गाको।लाल पुर्जा पाए पछि खुशी ब्यक्त गरेका छन ।त्यसै गरी वडा नम्बर २ का १५६ जना जग्गा धनीहरुलाई गाउँ ब्लक जग्गाको लाल पुर्जा अर्को चरणमा वितरण गरिने कुरा नापी कार्यालय महोत्तरीको प्रमुख राम विनय सिंहले बताउनुभयो ।
नापी कार्यालय महोत्तरीको प्रमुख राम विनय सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका उप-प्रमुख मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा,वडा नम्बर २ र ३ को वडा अध्यक्ष मोहम्मद रयूप,नाजिर मियाँ लगायत नापी कार्यालयका कर्मचारीहरूको उपस्थिति रहको थियो ।