
बद्रीनाथ झा /जनकपुरधाम
धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ बअुहर्वाका कलिम खानका छोरी अजमेरी खातुन, हलिम खानकी छोरी जिनत खातुन र अब्दुल खानकी छोरी मुस्कान खातुन रहेका छन् ।
उनीहरु सबै १० देखि १२ वर्ष उमेर समूहका रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।डिएसपी अवाका अनुसार आज दिउँसो सवा १२ बजेतिर घोंघाउन पोखरीमा बालिकाहरुलाई डुबिरहेको अवस्थामा स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा एकजनाको बाटोमै र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।
वडा नं. ५ का अध्यक्ष याकुव कवारीका अनुसा चारजना बालिका नुहाउन पसेका थिए । हामफालेपछि तीनजनालाई डुबेको देखेपछि ती बालिकाले स्थानीयलाई गुहारेका थिए । युवाहरु तत्कालै हामफालेर सिकिस्त अवस्थामा उद्धार गरेका थिए ।
बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।