
भैरहवा- रुपन्देही प्रहरी ले भारत वाट नेपाल तर्फ अबैध रुपमा भंसार छलि ल्याउँदै गरेका सुन चाँदी का गरगहना सहित १ जना लाई रोहीणी गाउँपालिका वडा नं ७ वाट बिहीवार पक्राउ गरेको छ।
पक्राउ पर्ने भारत उत्तर प्रदेश महाराजगंज जिल्ला नौतनवा ग्राम कुरहवा बस्ने ३२ वर्षिय उपेन्द्र बर्मा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ। निज वर्मा वाट प्रहरी ले सुनको गरगहना ७ तोला १० लाल ७ प्वाइन्ट,चाँदी को गरगहना ८ के जी ५०१ ग्राम र सुन जस्तो देखिने पँहेलो धातुबाट बनेको गरगहना ३४ ग्राम रहेको जनाएको छ।
इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहीणी गाउँपालिका वडा नं ७ मा यु पी ५६ ए डी ८०३६ नम्वर को मोटरसाईकल चलाई आएका मानिसलाई रोकी चेकजाँच गर्ने क्रममा निजको साथबाट भन्सार छली नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेका सुन चाँदी को गरगहना सहित फेला पारी उक्त सामाग्री सहित निज लाई र मोटरसाईकल लाई नियन्त्रणमा लिईएको प्रहरी ले जनाएको छ। निज लाई बरामद गरिएको सामाग्री सहित आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।