
महोत्तरी -मटिहानी नगरपालिकाले डिजिटल तराजु,पशुको औषधी सेट र केरा तथा घाँसको विरुवा वितरण गरेको छ ।

उक्त डिजिटल तराजु,पशुको औषधी सेट र केरा तथा घाँसको विरुवा वितरण कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो ।

मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित "कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना "अन्तर्गत आज उक्त परियोजनामा आवद्ध रहेका विभिन्न महिला समूहका जम्मा १९ जना महिलालाई ८.५ बिघा खेतमा पुग्ने गरी १० हजार केराको बोट, बिभिन्न घास ( सुपर नेपियर-६ हजार, बकाइनो-६ हजार, इपिल-६ हजार र कटहर-३ हजार बिरुवा ) गरी जम्मा २१ हजार घासको बिरुवा,डिजिटल तराजु ५ थान, ३ वटा पशु स्वास्थ्य कार्यकर्ताहरुलाई १/१ वटाका दरले पशु औषधि सेट लगायतका सामाग्री वितरण गरेको कुरा उक्त परियोजनाका परियोजना संयोजक महेश राय यादवले बताउनुभयो ।


उक्त कार्यक्रममा वडा नं ६ र ८ का वडा अध्यक्षहरू कलीम अंसारी र रितेश साह, हेफरका वरिष्ठ कार्यक्रम अधिकृत मिथिलेश झा, कार्यक्रम अधिकृत अभिशेख खैरवाल,कृषि शाखा प्रमुख संध्या साह, हेफर प्रोजेक्टका कर्मचारीहरू र विभिन्न महिला समूहका महिलाहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।


