
भैरहवा- प्रहरी ले प्रतिबन्धित लागु औषध कोकिन सहित काठमाडौं ठमेल वाट बिदेशी नागरिक लाई पक्राउ गरेको छ।पक्राउ पर्ने मा जोहोर, मलेसिया बस्ने ४७ बर्षीया मलेसियन महिला बाथुमलाई वडिवालु रहेको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेल मा रहेको एक होटल मा लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोली र प्रहरी वृत्त लैनचौरको संयुक्त टोली ले काठमाडौं सिटी होटल को एक कोठामा गई सो कोठाको चेकजाँच तथा खानतलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स वटम बनाएर लागु औषध कोकिन बरामद गर्नु को साथै एक मलेसियन नागरिक महिला लाई नियन्त्रण मा लिएको हो।

निज महिला लाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भई रहेको जनाईएको छ। बरामद गरिएको कोकिन ५ के जी८२० ग्राम रहेको र अनुमानित मुल्य मूल्य २० करोड ३७ लाख को रहेको प्रहरी ले जनाएको छ।