बद्री नाथ झा
शिक्षा क्षेत्रमा २५ बर्ष देखि निरन्तर उत्कृष्ट नतिजा ल्याउने राजर्षि जनक क्याम्पसले यसवर्षदेखि आफ्नै भवनमा कक्षा ११ को प्रवेश परीक्षासँगै संचालनमा ल्याएको छ।
विज्ञान, बाणिज्य र कानून संकायमा कक्षा ११ मा भर्ना हुन एक हजार ५५ विद्यार्थी प्रवेश परीक्षा दिएकाे र त्यसको नतिजा विहिवार सम्म सार्वजनिक गरिने क्याम्पसका प्रिन्सिपल धर्मेन्द्र झाले बताएका छन।
कक्षा ११ बाहेक कक्षा ११ र उच्च शिक्षातर्फ विभिन्न संकायका स्नातक तथा स्नातकोतरको कक्षा संचालन नवनिर्मित भवनमा हुने भएको छ।जनकपुर ४ को विद्यापति चोकदेखि मटकोरबा जाने बाटोमै करीब ८ कट्ठा क्षेत्रफलमा निर्माणाधिन सो भवनको ५ तल्ले योजना रहेपनि हाल दुई तल्ले निर्माण सगै सम्पुर्ण पुर्वाधार त्यार भएको छ ।
हिसान धनुषाका अध्यक्ष समेत रहेका सञ्चालक संजिव कुमार ठाकुरले जनकपुरधाममै राजर्षि जनक क्याम्पस लगायतका क्याम्पसहरुले गुणस्तरीय शिक्षा दिइरहे ता पनि लाखौ खर्चेर काठमाडौ जानु ठूलो विडम्बना रहेको बताए ।उनले राजर्षि जनक क्याम्पसमै पढेका विद्यार्थीहरु प्रत्येक वर्ष मेडिकल र इन्जिनीयरिङ्गसहित विभिन्न निकायमा नाम निकाल्न सफल भइरहेका छन् । तर एक अर्काको देखासिखी गरी अभिभावकहरुले काठमाडौ लगायतका ठाउँमा उच्च शिक्षाका लागि विद्यार्थीहरु पठाउने गरेका छन् ।राजर्शी क्याम्प
२६ बर्ष देखि निरन्तर उत्कृष्ट नतिजा सहित छात्र छात्रा लाई अनुसाशित रमरणिय बतावरण मा पढाउदै आएको बताए।
राजर्शी जनक क्याम्प का सञ्चालक तथा निर्देशक निरज कुमार झा गुड्डुले क्याम्पसको बौद्धिक शारीरिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउन राजर्शी क्याम्प सदैब अग्रपंक्तिमा रहने गरेको खवर दर्पण लाई बताए।