
जनकपुर - आवश्यकता मा रगत (Blood For Need ) धनुषा ले दिप प्रज्वलन गरि प्रथम वार्षिक उत्सव भव्यरुपमा मनाएको छ।आवश्यक्तामा रगत धनुषा का संयोजक बलराम प्रसाद गुप्ताको अध्यक्षतामा भएको दिप प्रज्वलन मा सचिव रवि कुमार मण्डल, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटीका प्राविधिक सहयोगी नरेश यादव, मधेस जन स्वास्थ्य प्रयोगशालाको मधेस प्रदेश रक्त सञ्चारका प्राविधिक सहयोगी विरेन्द्र यादव , आवश्यकतामा रगत धनुषा सदस्य सरोज प्रसाद साह, अजय झा, सरताज मल्लिक, निशान्त ओझा, सुनिय यादव, सुवोध राउत लगायत दर्जनौ सदस्यहरुको उपस्थितमा जनक चौकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भयो।श्रावण १० गते अर्थात आज Blood For Need -आवश्यक्तामा रगत संस्थाको स्थापना दिवस हो| ”आज अरुलाई भोलि आफ्नालाई” भन्ने मूल नाराका साथ यो संस्था स्थापना गरिएको हो।

विगत १ बर्ष देखि यो संस्थाले रगतको क्षेत्रमा अमुल्य योगदान पुराएको छ जस्तै: रगतको आवश्यक्तामा परेका बिमारीको लागि रगत व्यवस्थापन ,रक्तसंचार केन्द्रमा रगत अभाव भएको बेलामा रक्तदान कार्यक्रम र साथै देशका विभिन्न स्थान हरुमा रहेका स्कुल कलेज तथा विभिन्न स्थानहरुमा रक्तदान सम्बन्धि सचेतना कार्यक्रमहरु जस्ता कार्यक्रमहरु गर्दै आएका छन्|यस संस्थाका केन्द्रिय सचिव भावना के.सी भन्नु हुन्छ “ यस एक बर्ष अवधिमा यस संस्थाले लगभग १ हजार ३सय बिमारीलाई रगत व्यवस्थापन गरेका छौं, भने २ हजार भन्दा धेरै रक्तदाताहरुलाई रक्तदान गर्नमा आग्रह गर्नुको साथै सहजीकरण गरेका छौं ।"यस संस्थाले ४० ओटा रक्तदान कार्यक्रम, २५ वटा रक्तदान सचेतना कार्यक्रम र एउटा स्वास्थ्य शिविर को आयोजना गरेको छ|”
यस संस्थाको केन्द्रीय अधक्ष्य सुनिल महर्जन भन्नु हुन्छ “ यस संस्थामा जम्मा ७ ओटा जिल्ला शाखा र १०० जना भन्दा धेरै स्वयंसेवकहरुले निस्वार्थ सेवा गरिरहनुभएको छ .। संस्थाको आगामी योजना अन्तर्गत नेपालमा भएका रगतको अभावलाई न्यूनीकरण गर्ने, रक्तसंचार केन्द्र अनुसार रगतको शुल्कको बेतिथिलाई एकरुपता गराउन पहल र देशका हरेक जिल्लामा शाखा खोलि रक्तदान सम्बन्धि जनचेतना गर्नुका साथै रक्तदान गर्न जागरुकता गराउने जस्ता योजना समाबेश गरेको छ। सम्पूर्ण रक्तदाताहरुलाई आग्रह ३-३ महिनमा रक्तदान गर्ने बानी बसाली रगत अवाभलाई न्यूनीकरण गर्न सहयोग गर्न संस्थाले अनुरोध गरेको छ।