
भैरहवा- रुपन्देही प्रहरी ले भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप ल्याउँदै गरेको विभिन्न सामान हरु जिल्ला को विभिन्न स्थान वाट शनिवार र आईतवार बरामद गरेको छ। बरामद गरिएको सम्पुर्ण सामान हरु को अनुमानित मुल्य ५ लाख ९७ हजार ८ सय को रहेको र सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देही का प्रहरी नायव उपरिक्षक लक्षमी खनाल ले जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले शनिवार र आईतवार जिल्ला का बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी गर्दै गरेको चिनी ६१ बोरा (३,०५० के.जी ), प्याज ४ बोरा (२०० के.जी ), साडी १२५ पिस,कुर्था सुरुवाल ११७ पिस, लेगिज ४४ पिस,चुन्नी १३ पिस,एयेरबोर्ड ९ पिस र तरकारी तथा फलफुलहरु बरामद गरेको रुपन्देही प्रहरी ले जनाएको छ।