
काठमाडौँ - कक्षा १२ को ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ ।
बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
दुई विषयमा नन ग्रेडेड आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ ।
एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउनेछन् ।
परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ ।