
महोत्तरी(औरही)- औरही नगरपालिका १ र २ का गाउँ भित्र जाने सडक सामान्य वर्षा हुँदा समेत पानी जमने र हिलाम्मे हुन थालेका छन् । वर्षौदेखि जिर्ण अवस्थामा रहेका भित्री सडक र नालाहरु दुई दिन परेको आकाशे पानीका कारण हिँड्डुल गर्नै मुस्किल पर्नेगरी पानी जमेको र हिलाम्मे भएको हो ।
औरही नगरपालिका -१ औरही बजारबाट नगरपालिकाको कार्यालय जाने सडक र औरही नगरपालिका -२ स्थित रहेको श्री प्रसाद सिंह बिधालयबाट पुर्व गाउँ जाने दुई भित्री कच्ची सडकहरु वर्षाको पानीले बिग्रिएका स्थानीयवासीले बताएका छन् ।औरही बजारबाट नगरपालिका जाने सडक जिर्ण हुदा सडकका खाल्डाखुल्डीमा जलमग्न भएको पानी जम्दा स्थानीयहरु लाई ओहोरदोहोर गर्न,बिद्यार्थी लाई बिधालय जान,ब्यापारीहरु लाई समानओसारपसार गर्न मुस्किल परेको औरही नगरपालिका -१ औरही बजार बस्ने सन्जित साहले गुनासो गरे।

त्यस्तै औरही नगरपालिका २ औरही बस्ने घनश्याम यादवले गुनासो गरेकि सडकको खराब अवस्थाका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । कतिपय सडकमा पानी जम्ने र हिलाम्मे भएका छन् भने केही ठाउँमा भने सडकको नालाबाट पानी निकासी नभएका कारण नालाबाट फ़ोहोर पानी निस्केको कारण दुर्गन्धित भएर हिँड्ने यात्रुहरुले छिछि र थुथु गर्दै हिँड्नु पर्ने अवस्था आइपरेको छ ।नालामाफ़ोहोर पानी जमेको कारण लाम्खुट्टे र रोग समेत फैल्ने डर रहेको छ।

कति पय सडकहरुमा हावा चलेको बेला धूलो उड्दा जनजीवन प्रभावित भैरहेको छ । बिग्रिएको लामो समयसम्म सडक र नाला मर्मत नहुँदा वर्षायाममा पानी जमने, हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने गरेको स्थानीय राजा साह र नवल साहलेहरु गुनासो गरेको छ । तर,स्थानीय तहहरुले भने औरही नगरपालिका वडा नम्बर १ बाट वडा नम्बर २ जाने सडक जिर्ण अवस्थामा रहेका सडक मर्मतको काम चलिरहेको दावी गरेका छन् ।

भने औरही नगरपालिका १ औरही बजारबाट नगरपालिका जाने सडकमा स्थानीयहरुको बिरोधका कारण त्यो सडक बन्न सकेको छैन।हिलाम्मे भएको ठाँउमा वडा कार्यालयले गर्नुपर्ने हो वडा कार्यालयले नगारे भने नगरपालिकाले आफ्नो बजेट मर्मत माटाेराखेर स्थानीयहरु लाई हिड् डुल गर्न ब्यबस्थापन गर्छु भनेर नगर प्रमुख प्रदीप कुमार खडकाले प्रतिबद्ध गर्नु भएको छ।