
जनकपुरधाम- कमला नदीमा पुल निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरु संग मधेस प्रदेश सरकारले ४ बुँदे सम्झौता गरेपछि युवाहरुले अनशन तोडेका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनसनरत युवाहरुलाई जुस खुवाएर तोडाएका हुन् ।

अनशनमा बसेका युवाहरुसंग मधेस सरकारले ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरु अनशन तोड्न तयार भए हुन् । सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरुलाई जुस खुवाउँदै अनशन तोडाएका हुन् ।

मधेस सरकार नयाँ कमला पुल निर्माण गर्न प्रदेश सरकारर तयार रहेको भन्दै अनशनमा बसेका युवाहरुसंग सम्झौता गरेको हो । यसका साथै नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पुर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने सम्झौता गरिएको हो ।

नयाँ कमला पुल निर्माणको माग गर्दै युवाहरु भदौ ४ गते युवाहरु आमरण अनशनमा बसेका थिए ।
