
धनुषाधामबाट एक १३ वर्षीय बालक दुई दिन देखि वेपत्ता भएको छ।
धनुषाको हंसपुर नगरपालिका मनिपट्टी बस्ने उचित साहको १३ वर्षीय छोरा अनुराग साह मंगलवार साझ देखि सम्पर्क विहिन रहेको छ ।

हराइरहेका बालकका मामा पुरन साहको अनुसार मंगलवार साँझ धनुषाधाम पुगेका अनुराग दुई दिन देखि घर फर्केको छैन । आफन्तजन सबै तिर खोजतलास गरी सकेपनि सम्पर्क विहिन रहेको मामा पुरनले बताए ।
घरबाट निस्किदा गुलाबी रंगको लुगा लगाएका बालक अनुराग कता पुगे सम्पर्क विहिन रहेको र यस समाचार संगै प्रकाशित समाचार तस्बीरमा देखिएका बालक कसैले कतै भेटेको देखेको खण्डमा नजिकै को प्रहरी चौकीमा वा प्रमेश्वर साह (9817616695), देवनारायण साह (9844100025) र पुरन साह (9854020521)लाई सम्पर्क गरी सहयोग गर्नु हनु पीडित परिवारजनले आग्रह गरेका छन् ।