
जनकपुरधाम - लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा जितेन्द्र सोनललाई चयन गरिएको छ ।
लामो समयदेखि रिक्त रहेको संसदीय दलको नेताको पदमा लोसपा मधेश प्रदेशका अध्यक्षसमेत रहेका नेता सोनललाई संसदीय दलमा चयन गरिएको छ ।
उनलाई लोसपा नेपालको बसेको बैठकबाट संसदीय दलको नेतामा चयन गरिएको लोसपा नेपालका महासचिव परमेश्वर साहले जानकारी दिए ।
संसदीय दलका नेता अभिराम शर्मा असई थमन विक हत्या प्रकरणमा मुछिएपछि उनको प्रदेशसभा सदस्य पदबाट हटाएको थियो । अहिले शर्मा फरार सुचीमा छन् ।
सो संसदीय दलको नेतामा यसहघि सोनल शर्माबाट पराजित भएका थिए । तर अहिले शर्मा प्रदेशसभा सदस्य पदबाट बर्खास्त भएको लामो समयपछि रिक्त रहेको संसदीय दलको नेता पदमा सोनललाई चयन गरिएको छ ।