
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।
आइतबार राति भेन्टिलेशन फुटाएर ८ जना थुनुवाहरू फरार भएको प्रहरीले जनाएको छ । हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
जिप्रका धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।
फरार भएकाहरूको रातिदेखि तिब्रताका साथ खोजतलास जारी रहेकाे र सम्भावित ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।