काठमाडौं । सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार दिउँसो आकस्मिक रुपमा प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
साथै, बैठकले बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।
दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ ।