हरेक दशै होस या चाडपर्वमा बर्दिवासका सागर बस्नेतले याँहावाट २५ किलोमीटर दुरीमा रहेको छिमेकी जिल्ला सर्लाहीको लालबन्दीमा गएर लत्ताकपडा किनेको धेरै भयो ।
बर्दिवासमा उहीँ गुणस्तरको कपडा महँगो पर्ने र लालबन्दीमा निक्कै कम मुल्यमा पाईने भएकाले छिमेकी बजार नै गएर दैनिक उपभोग्य वस्तु देखि लत्ताकपडा खरिद गरेको उन्लाई लामो सम्झना छ ।
`याँहा ७ सय पर्ने सामान त्याँहा ४ सयमा नै पाईन्छ । यस्ले गर्दा म मात्र हैन बर्दिवास लगायत वरपरका मानिसहरु सस्तो बजार खोज्दै सर्लाही, धनुषामा पुग्ने गरेका छन ।´ बस्नेतले भने । ` उही गुणस्तरको सामान बर्दिवासमा किन महंगो पर्छ ? भन्ने सोचिरहन्थे ।´
उनी त नजिकमा रहेको आफ्नै बजारवाट असन्तुष्टि भएको एउटा उदाहरण मात्र हो बस्नेतको जस्तै धेरै जनाको गुनासो वाक्लिन थालेपछी बर्दिवास उधोग बाणिज्य संघले यसपाली भने सस्तो दशै बजारको आयोजना गरेको छ ।
झन्डै ७८ हजार जनसंख्या रहेको बर्दिवासमा दैनिक उपभोग्य सामानहरुको सर्वसुलभता खोज्दै भारतिय वजार सितामाढी, मधुवनी पुगीरहेका उपभोक्ताहरुलाई दशै सस्तो बजारले उत्साहित वनाएको छ ।
´हेरौ सामाजिक संजाल र मिडियावाट भएको प्रचारप्रसार हेर्दा बर्दिवासमा साच्चै गुणस्तरयुक्त सस्तो सामानहरु पाईन्छ जस्तो छ ।´ बर्दिवास-३ कि सविता भन्डारीले भनिन । `अघिल्ला बर्षको जस्तो सामान खरिद गर्न भारतिय बजार जान नपरोस ।´
उपभोक्ताहरुलाई अन्य समयमा भन्दा चाडपर्व विशेषत: दशै,तिहारमा धेरै उपभोग्य सामानहरु किन्नुपर्ने भएका कारण अघिल्ला बर्ष जस्तो स्थानिय बजार वेवास्तामा नपर्ने उधोग बाणिज्य संघले बिस्वास लिइएको छ ।
संघले स्टलहरु वनाएर बजारलाई निश्यत ठाउँमा निर्धारण गरेको छ भने स्टल वाहिर नियमित व्यवसाय चलाईरहेकाहरुलाई विशेष छुटको घोषणा गर्न अनुरोध गरिरहेको छ ।
जस्ले गर्दा व्युटिपार्लर देखि गाडी मेकानिकहरुले भारी छुटको घोषणा गरिसकेका छन । त्यस्तै लत्ताकपडा, खाध्यन्न जस्ता सामानहरुमा समेत होलसेल तथा छुट प्रदान गरेर बर्दिवासलाई नै विशेष वनाउने तयारी समेत थालिएको छ ।
खसी बजारले उपभोक्ताहरु उत्साहित
खयरमारा तथा चुरे पहाडमा चरिचरणमा रहेका किसानका खसीहरुलाई दशै सस्तो बजारमा समावेश गरिएको छ ।
महोत्तरी मै पहिलोपटक लगाईएको सस्तो बजारमा उपभोक्ताहरुको आवस्यक्तालाई मध्यनजर गर्दै सुन देखि नुनसम्म उपलब्ध गराउने बर्दिवास उधोग बाणिज्य संघले जनाएको छ ।
उधोग बाणिज्य संघ बर्दिवासका माहासचिव उत्तम श्रेष्ठले बर्दिवास बजारमा पाईने सामानहरुमा कालोबजारी तथा महंगो मुल्यमा वेच्ने गरेको आरोप लागिरहेको वेला यो सस्तो बजारले नयाँपन स्थापित गर्ने वताए ।
दशैको समयमा महंगो मुल्यमा पाईने खसीहरुको कारण समस्या भोगीरहेका उपभोक्ताहरुले सस्तो बजारमा सुपथ मुल्यमा पाईने भएकाले यो बजार विशेष वनेको संघका माहासचिव उत्तम श्रेष्ठले दावी गरे ।
ब्युटीपार्लरमा व्यवसायमा ५० प्रतिशत छुट
मामाघर, माईत तथा आफन्तहरुकोमा जाने महिलाहरुलाई लक्षित गरी व्युतीपार्लर व्यवसायीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन । मेकअप लगायत सम्पूर्ण कार्यहरुमा २५ देखि ५० प्रतिशत छुटको घोषणा गरिसकेको व्यवसायीहरुले वताए ।
यो अफर संघले निर्धारण गरेको दशैँ संस्तो बजारको अवधीसम्म रहनेछ । १६ गतेदेखी सुरु हुने उक्त बजार २५ गते समापन हुने संघका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।
यो अवधीमा फेसियलमा ५० प्रतिशत, हेयर स्ट्रेटमा ३० प्रतिशत र अन्य सामानमा ५ देखि १० प्रतिशत छुट गरिने न्यु कुसुम ब्युटी कलेक्सनकी संचालक कुसुम लामाले वाताईन ।